वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व षष्ठी - ६
१५ जेठ, २०८२
राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम इजाजतपत्र प्राप्त गरेका संलग्न सूची बमोजिमका संस्थाहरुले आ.व. २०८१-८२ को लागि इजाजतपत्र नवीकरण गर्नको लागि पेश गरेका निवेदन/दरखास्त उपर कारवाही गर्ने क्रममा गत आ.व. (आ.व. २०७९/८०) को प्रसारण शुल्क दाखिला गरेको प्रमाण, कर चुक्ता प्रमाणपत्र . (आ.व. २०७९/८० को), कम्पनी अद्यावधिक विवरण/संस्था दर्ता प्रमाणपत्र नवीकरण गरेको विवरण . (आ.व. २०७९/८० को) लगायतका कागजातहरु संलग्न गरेको नदेखिएकोले सम्बन्धित संस्थाहरुलाई आवश्यक कागजातहरु पठाउनको लागि टेलिफोन तथा इमेलमार्फत पटक पटक ताकेता गर्दा पनि आवश्यक कागजातहरु प्राप्त नभएको कारणले त्यस्ता संस्थाहरुको इजाजतपत्र आ.व. २०८१-८२ को लागि नवीकरण भएको छैन।
अतः संलग्न सूची बमोजमका संस्थाहरुले आफ्नो विवरण हेरी माग गरिएका कागजातहरु यस सूचना तथा प्रसारण विभागको इमेल ठेगाना info@doib.gov.np, broadcasting@doib.gov. np र doib.broadcastingsection@gmail.com मा यथाशिघ्र पठाउनुहुन निर्णयानुसार अनुरोध गरिएको छ।