प्रशासन शाखाको कार्यहरुः-
१) विभागमा कार्यरत कर्मचारीहरूको अभिलेख अध्यावधिक राख्ने ।
२) कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने ।
३) कार्यालयको सुरक्षा, पालोपहरा, सरसफाई, शौचालय, बागबगैंचाको व्यबस्थापन गर्ने ।
४) कार्यालयको भौतिक सामग्रीहरूको संरक्षण तथा सर्म्वर्द्धन गर्ने ।
५) जिन्सी सामग्री खरीद, आम्दानी तथा लिलाम विक्री सम्बन्धी कार्य गर्ने ।
६) विभागको आवधिक तथा वाषिर्क कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन एवं प्रतिवेदन तयार गर्ने ।

सूचना विभागको दैनिक प्रशासनिक कार्य महानिर्देशकको नेतृत्वमा सञ्चालन हुने गर्दछ । महानिर्देशक विभागको प्रशासनिक, आर्थिक लगायत अन्य सम्पूर्ण कार्यहरूको जिम्मेवारी वहन गर्दै आफनो कामकर्तव्यका सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयप्रति उत्तरदायी हुनेछन् । विभागका महानिर्देशक र अन्य कर्मचारीहरुले गर्ने कामको कार्य विवरण प्रचलित कानूनमा तोकिएकोमा सोही बमोजिम हुने र सो बाहेकको काम कार्यविवरणमा उल्लेख भए अनुसार हुनेछ ।

कार्यविधि सम्बन्धी अन्य व्यबस्थाः-

१) यस विभागले प्रदान गर्ने सेवाहरू समयमै उपलब्ध हुन नसकेमा वा विभागीय कामकारबाहीमा कुनै गुनासो/सुझाव भए गुनासो सुन्ने अधिकारीसँग सर्म्पर्कराख्न सकिनेछ । लिखितरूपमा उजुरीपेटिकामार्फ आउन चाहेमा सोको समेत व्यवस्था छ ।

२) सेवा पाउनका लागि गरिने सबै किसिमका निवेदनमा नियमानुसार टिकट टाँस गर्नुपर्नेछ ।

३) सम्बन्धित शाखाको कामको जिम्मेवारी सम्बन्धित शाखा अधिकृतलाई तोकिएको छ । यस सम्बन्धमा राजपत्रअनङ्कति कर्मचारी पनि आफ्नो कामप्रति जिम्मेवार हुनेछन् ।

प्रेस शाखाको कार्यहरूः-

  • नेपाली नागरिकले कुनै पनि भाषामा पत्रपत्रिका प्रकाशन गर्न माग गरेमा स्वीकृति प्रदान गर्न सिफारिश गर्ने ।
  • पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, मर्यादित र उत्तरदायी हुन उत्प्रेरित गर्ने ।
  • निजीक्षेत्रको पत्रकारिताको प्रतिस्पर्धात्मक विकासमा टेवा पुर्याउने ।
  • पत्रपत्रिकालाई उपलब्ध गराइने टेलिफोन, फ्याक्स तथा कम्प्यूटर सहुलियतका लागि सिफारिश गर्ने ।
  • सञ्चारकर्मीलाई सम्बन्धित संस्थाको सिफारिशको आधारमा प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचयपत्र वितरण गर्ने ।
  • प्रेस सम्मेलन आयोजना गर्ने ।
  • प्रेस सर्म्पर्क अधिकृतको काम गर्ने ।

प्रेस शाखाले उपलव्ध गराउने सेवाहरूः-
क) पत्रपत्रिका अस्थायी दर्ताको लागि सिफारिश
ख) पत्रपत्रिका स्थायी दर्ताको लागि सिफारिश

सेवा सम्बन्धी विस्तृत कार्यविवरण नागरिक बडापत्रमा उल्लेख छ।