प्रकाशन तथा फोटोग्राफी शाखाको कार्यहरु

विभागबाट प्रकाशित हुने विभिन्न प्रकाशनहरूको संकलन, प्रकाशन र वितरण गर्नुका साथै नेपाल सरकारको आधिकारिक फोटोग्राफरको रुपमा यस शाखाले कार्य गर्दछ । यस शाखा अन्तर्गत निम्न एकाईहरू रहेका छन्।

प्रकाशन एकाइ

१. विभागले प्रकाशन गर्ने समसामयिक विषयका सामग्रीहरू प्रकाशन गरी वितरण गर्ने ।
२. सम्पादक मण्डलको निर्णयानुसार लेखरचना सङ्कलन गरी प्रकाशन तथा वितरण गर्ने ।
३. वाचनालयमा प्राप्त हुने पत्रपत्रिकाहरू व्यवस्थित गर्ने र सर्वसाधारणले सजिलैसँग सेवा पाउन सक्ने व्यवस्था मिलाउने ।
४. सार्वजनिक बिदा, तिथिमिति तालिका, दिवस र तस्वीरहरू सम्बन्धित निकायबाट लिई चैत्र मसान्तसम्ममा क्यालेण्डर तथा डायरी प्रकाशन गरी वितरणको व्यवस्था मिलाउने ।
५. विभागबाट समय समयमा प्रकाशन हुने विभिन्न विषयहरूको प्रकाशन तथा वितरणको व्यवस्था मिलाउने ।

फोटोग्राफी एकाइ

१. नेपालका विभिन्न भौगोलिक क्षेत्र, राष्ट्रिय पर्व तथा विविध विषयमा फोटो संकलन गर्ने ।
२. विभागबाट प्रकाशन गरिने सामग्रीका लागि आवश्यक तस्वीरको व्यवस्था गर्ने ।
३. विशिष्ट पदाधिकारी समुपस्थित कार्यक्रमको फोटो खिच्ने, विभिन्न संघ-संस्था वा व्यक्तिको अनुरोध अनुसार फोटो उपलब्ध गराउने तथा डिजिटल फोटो वितरण गर्ने ।
४. नेपाल भ्रमणमा आउने मित्रराष्ट्रका प्रमुखहरूको औपचारिक कार्यक्रमको फोटोग्राफी गर्ने र एल्बम तयार गरी उपहार दिने ।
५. विभागबाट खिचिएका फोटोहरू विभागको वेबसाइटमा राख्ने ।
६. विभागबाट खिचिएका तस्वीरहरूको फोटो नेगेटिभ र डिजिटल प्रविधिमा अभिलेख राख्ने ।
७. नेपाल सम्बन्धी विविध प्रकारका फोटोहरू नेपालका विभिन्न भौगोलिक क्षेत्रबाट सङ्कलन गरी फोटो बैङ्कमा प्रविष्ट गराउने तथा आवश्यकतानुसार प्रकाशन गर्ने ।
८. नेपाल सरकारका महत्वपूर्ण अवसरहरूको फाटोग्राफी गर्ने ।
९. फोटो प्रविधि तथा फोटो प्रदर्शन कक्ष सञ्चालन गर्ने ।